२०८३ साउन १० आइतबार

प्रतिनिधिसभाको बैठक बिहीबार बस्नेगरी स्थगन, के होला बजेट भाषण ?

ई आर्थिक    बुधबार, जेष्ठ १४ २०८२
1.7K
Shares
प्रतिनिधिसभाको बैठक बिहीबार बस्नेगरी स्थगन, के होला बजेट भाषण ?

ई-आर्थिक, काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः३० बजे बस्नेगरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहीबार दिनको १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ ।

बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १ बजे सुरू भएको थियो । ‘भिजिट भिषा’ का विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३ः३० बजे बस्ने जानकारी गराएको थियो ।

सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि तय भएको हो ।

प्रतिपक्षदलहरुले गृहमन्त्रीको राजीनामाको विषयमा निरन्तर राख्ने बताउदै भोली हुने बजेटमा कुनै विरोध नजनाउने भएका छन् । उनीहरुले बजेट भाषण निर्वाध रुपले गर्न दिनेभएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij