ई-आर्थिक, काठमाडौं । ट्रेड टावर लिमिटेडले आज (जेठ १४ गते) देखि सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपश्चात कम्पनीले अब आम लगानीकर्ताका लागि आईपीओ निष्काशन थालेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँमध्ये ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको छ। सोहीअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्दैछ।
अब सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर निष्काशन गरिएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यो निष्काशन छिटोमा जेठ १९ गतेसम्म खुला रहनेछ भने सो अवधिभित्र सम्पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २८ गतेसम्म लम्ब्याइनेछ।