ई-आर्थिक, काठमाडौं । सन् २०२०मा विश्वलाई आक्रान्त परेको कोरोना भाइरस फेरी देखिन थालेको छ । छिमेकी देश भारतमा कोरोनका नयाँ भेरियन्ट देख्न थालेको छ ।
भारतमा अहिले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ भारतीय सञ्चारमाध्मले जनाएका छन् । भरतको प्रान्त करेलामा सबैभन्दा धेरै सङ्क्रमित अर्थात् ४३० रहेका छन् ।
मङ्गलबा कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा पाँच र हरियाणामा तीन जना नयाँ सङ्क्रमित भेटिएका छन् । साथै गुजरातमा १३ जना सङ्क्रमित निको भएका छन् ।
भारतमा कोरोना संक्रमण बढ्नु नेपालको लागि पनि चूनौति हो किनकी हाम्रो खुल्ला सीमानाका रहेको छ । खुल्ला सीमाले नेपालमा पनि संक्रमण फैलन सक्ने भएकाले कोरोना संक्रमणबाट जोखिन सतर्कता अपनाउन आवश्यक छ ।
नेपालबाट रोजगारी तथा व्यापार गर्नकालागि दिनहुँ हजारौ मानिहसरु सीमावारपार गर्ने गरेका छन् । नेपालमा कोरोना फैलन नदिन उच्च सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य विज्ञहरु बताउछन् ।