२०८३ साउन ११ सोमबार

मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’ निर्माण, विपद्मा उद्धार तथा राहतमा सहजता हुने

ई आर्थिक    शनिबार, जेष्ठ १० २०८२
5.3K
Shares
मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’ निर्माण, विपद्मा उद्धार तथा राहतमा सहजता हुने

ई-आर्थिक, मुगु । यहाँको विकट क्षेत्र मानिने मुगुम कर्मारोङ गाउँपालिकाको केन्द्र पुलुमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ। सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको हाे।

उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजंग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका थिए। गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरेका छन्। मुगुमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्।

सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो। पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो। ‘मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन्’ अध्यक्ष क्याप्नेले भने।

कर्मारोङका पाटनमा बहुमूल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजारौँ मानिस यार्सा टिप्न यहाँ आउँछन्। उच्च हिमाली भुभाग, मौसममा फेरवदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दजनौं यार्सा संकलक बिरामी हुन्छन्।

तर, समयमा उपचार नपाउँदा मानिसकाे मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए। हेलिप्याड ८ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij