२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी विकास बैंक ‘एनपीएस नेपाल पे’मा आवद्ध

ई आर्थिक    शुक्रबार, जेष्ठ ९ २०८२
6.4K
Shares
महालक्ष्मी विकास बैंक ‘एनपीएस नेपाल पे’मा आवद्ध

ई-आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच  एनपीएस नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालज्यू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको हो ।

एनसीएचएलले हालै एनपीएस – एनसीएस को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस – एनसीएसमा नेपाल पे’ मा आवद्ध भइरहेका छन् ।  ‘एनपीएस नेपाल पे’ पूर्वाधारको कमर्सियल रोलआउट पश्चात महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस र एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।  ‘एनपीएस नेपाल पे’ को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्‍याउने  अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकहरु मध्येको महालक्ष्मी विकास बैंकले देश भरी रहेका १०३ वटा शाखा तथा ४९ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij