२०८३ साउन ११ सोमबार

सान्वी इनर्जीको आईपीओ निष्कासन खुला

ई आर्थिक    शुक्रबार, जेष्ठ ९ २०८२
4.3K
Shares
सान्वी इनर्जीको आईपीओ निष्कासन खुला

ई-आर्थिक, काठमाडौं ।  सान्वी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ।

कम्पनीले रु १०० अंकित मूल्यका दरले जम्मा २४ लाख १५ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गरिरहेको छ, जसको कुल मूल्य रु २४ करोड १५ लाख बराबरको छ।

आईपीओको अघिल्लो बन्द मिति जेठ १३ गते तोकिएको छ भने मागअनुसार नपुगेमा उक्त अवधि जेठ २३ गतेसम्म लम्ब्याउन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई दिइएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij