२०८३ साउन १२ मंगलबार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

ई आर्थिक    शुक्रबार, जेष्ठ ९ २०८२
5.2K
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्यमा घटबढ कायम रहेको छ। तोलामा १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज १ हजार १ सय रुपैयाँले घटेको छ । बुधबार बजारमा सुन प्रतितोला ५ हजारले बढेको थियो ।

आज सुनचाँदीकै मूल्यमा सामान्य गिरावट आएको छ । बजारमा  चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो।

आज सुन मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी संघ बतायो। बिहीबार यस्तो सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो।

बिहीबार तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij