२०८३ साउन ११ सोमबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

ई आर्थिक    बिहिबार, जेष्ठ ८ २०८२
2.5K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको मूल्य बढेको छ । हिजो तोलामा ५ हजारले बढेको सुन तोलामा आज १ हजारले सात सयले बढेको हो  ।

बजारमा  सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी संघले जानकारि दियो ।  बुधबार यस्तो सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज तोलामा ३५ रूपैयाँले बढेको महासंघले जनाएको छ। त्यस्तै, बुधबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij