ई-आर्थिक, काठमाडौं । ‘नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारा सहित २०८२ जेष्ठ १-२ गते भक्तपूर जिल्लाको बोडे स्थित कृषि बिकाश बैंकको केन्द्रीय प्रशिक्षण केन्द्रमा सम्पन्न यस नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (NTEAN) को १२औ महाधिवेशन भव्यता पूर्वक सम्पन्न भएकोछ ।
नेपाल सरकारका पूर्व संचार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा एमालेका महासचिव श्री शंकर पोखरेलको प्रमुख आतिथ्यता, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पेशागत इन्चार्ज श्री रामेश्वर फुयाल, पेशागत महासंघ नेपालका अध्यक्ष श्री पूण्य प्रसाद ढकाल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक श्रीसंगीता पहाडी अर्याल, नेपाल टेलिकमका संचालक सदस्य श्री लोक बहादुर कटुवालको विशेष आतिथ्यतामा २०८२ जेष्ठ १ गते उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू तथा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियनका प्रतिनिधिहरूले उद्घाटन समारोहमा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागीता रहेको महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनि, कर्मचारी र सेवा ग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै सङ्गठनले आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो ।
उक्त महाधिवेशनबाट श्री मणिकुमार पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष आनन्द पौडेल, उपाध्यक्षहरू राज किशोर चौधरी, श्री प्रकाश शर्मा, जगत प्रसाद भुसाल, छबीलाल न्यौपाने,सृजना सापकोटा, महासचिव गोबिन्द ढुंगाना, उपमहासचिवहरू बचन ढुङ्गेल, दिपक चौलागाईं, सचिवहरू रोशन पाण्डे, कमल खत्री, सावित्रा भट्टराई, कोषाध्यक्ष मेघराज पोखरेल, सह-कोषाध्यक्ष शालिकराम आचार्य, सदस्यहरू प्रेमकला सम्बाहाम्फे, शान्ति शर्मा बराल, गायत्री थापा, भिम कुमार राई, राम बाबु सिंह, श्री रुद्र प्रसाद काफ्ले, युबराज अधिकारी , कृष्ण बहादुर थापा, अशोक हिङ्गमांग, प्रदीप ज्ञवाली, रमेश पाठक, प्रेम प्रसाद रिजाल, कुमार बहादुर चुहान, डिल्लीराज दुलाल, श्री ज्ञानेन्द्र कार्की , केशव प्रसाद भुसाल, अजय कुमार काफ्ले, निल कमल बुर्जा, लक्ष्मी प्रसाद पराजुली, कामेश्वर पण्डित, मेघनाथ ढकाल, गणेश प्रसाद काफ्ले, रुक्मांगत सापकोटा, राम कुमार बस्नेत, माधव प्रसाद जोशी सहित ४१ जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ ।
साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै १४ बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न भएको छ ।