२०८३ साउन १२ मंगलबार

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

ई आर्थिक    आइतबार, जेष्ठ ४ २०८२
1.6K
Shares
रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को ।  सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उक्त तथ्यांक संघीय तथ्यांक सेवा (रोसस्टाट) द्वारा सार्वजनिक गरिएको हो। यस वृद्धि दरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैंकले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ।

मन्त्रालयले १.७ प्रतिशत र केन्द्रीय बैंकले दुई प्रतिशत वृद्धिको अपेक्षा गरेका थिए। समग्र वर्षको लागि आर्थिक विकास मन्त्रालयले २.५ प्रतिशत वृद्धि हुने विश्वास व्यक्त गरेको छ।

केन्द्रीय बैंकले एक देखि दुुई प्रतिशतको दायराभित्र वृद्धि हुने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij