२०८३ साउन १० आइतबार

यस्तो छ आजको विनिमयदर, कुनको कति ?

ई आर्थिक    शुक्रबार, जेष्ठ २ २०८२
3.7K
Shares
यस्तो छ आजको विनिमयदर, कुनको कति ?

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आज शुक्रबारको   विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १३७ रुपैयाँ नाघेको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा रहेको छ। युके पाउन्ड स्ट्रर्लिङको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा कायम भएको छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा तथा क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ १८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा रहेको छ।

एशियाली मुद्राहरूको सन्दर्भमा जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्रामध्ये साउदी रियालको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा छ।

मलेसियन रिङ्गेट, थाई भाट, कोरियन वन लगायतका मुद्राहरूको विनिमयदर पनि राष्ट्र बैंकले अद्यावधिक गरेको छ।

यसैगरी, उच्च मूल्य भएका मुद्राहरूमा कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २२ पैसा छ भने बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९२ पैसा कायम भएको छ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ।

केन्द्रीय बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जानकारी दिएको छ। बैंकहरूबीच खुला बजारमा लागू हुने दरमा केही भिन्नता हुन सक्ने हुँदा अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमार्फत लिन सकिने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij