२०८३ साउन १२ मंगलबार

१० महिनामा पुँजीगत खर्च ४२.५६ प्रतिशत, ४ अर्ब ५५ करोड खर्च

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०८२
3.2K
Shares
१० महिनामा पुँजीगत खर्च ४२.५६ प्रतिशत, ४ अर्ब ५५ करोड खर्च

ई-आर्थिक, झापा । जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकाे थियाे। वैशाखसम्ममा ४ अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ।

‘चालुतर्फ विनियोजित १६ अर्ब २२ करोड ९० लाख रुपैयाँमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ’ उनले भने।

कार्यालयको तथ्यांकअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् १७ अर्ब १५ करोड ८५ लाख ७० हजार रुपैयाँ खर्च भएको छ। चालु आवको वैशाखसम्ममा जिल्लाभर १६ अर्ब ९७ करोड ६९ लाख ७ हजार २३ रुपैयाँ राजस्व संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij