२०८३ साउन १० आइतबार

उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमका लागि म्याग्दे गाउँपालिकाबाट २० जना उद्यमी छनोटमा

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०८२
5.7K
Shares
उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमका लागि म्याग्दे गाउँपालिकाबाट २० जना उद्यमी छनोटमा

ई-आर्थिक, तनहुँ ।  यहाँको म्याग्दे गाउँपालिकाले २० जना उद्यमी छनोट गरेको छ। गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्थाको सहकार्यमा गाउँपालिकाले चालु आर्थिक वर्षको वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमका लागि २० जना उद्यमी छनोट गरेको हो।

वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अनुसार यही बैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले ४० जना उद्यमी छनोट गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

लघु तथा साना उद्यमीहरूको स्तरोन्नति गरी रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको यस कार्यक्रमका लागि एकसय ३९ जनाको निवेदन परेकामा ४० उद्यमी छनोट गरिएको थियो। छनोट भएका उद्यमीमध्ये मूल्यांकन समितिबाट २० उद्यमी, व्यवसायी तथा कृषकहरू छनोट गरिएको अधिकारीले जानकारी दिए।

उद्योग तथा पर्यटन मन्त्रालयको ४० लाख रूपैयाँ, गाउँपालिकाको २० लाख रूपैयाँ र दायित्व संस्थाको १५ लाख रूपैयाँ लागतका कार्यक्रम सुरु गरिएको छ। कार्यक्रमअन्तर्गत पालिकाभित्रका उद्यमीहरूको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणमा प्रोत्साहन गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नका लागि दायित्व संस्थाका एकजना उद्यम अधिकृतले गाउँपालिकामा बसेर सेवा प्रदान गर्नेछन्। यो कार्यक्रमअन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योगलगायतको प्रवर्द्धन तथा विकासको क्षेत्रमा काम गरिने दायित्व संस्थाले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij