ई- आर्थिक, काठमाडौं । लगातार बजारमा तीनदिनदेखि सुनको मूल्यमा गिरावट आइरहेको छ । हिजो ३७ सयले घटेको सुन आज पनि दुई हजारले सुनको मूल्य घटेको हो । आइतबार सुनको मूल्य तीनसले घटेको थियो ।
सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ ।
आज बजारमा सुन तोलाको एक लाख ८४ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो । शुक्रबार प्रतितोला सुन रु एक लाख ८६ हजार ८००
चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।