ई-आर्थिक, काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको ९ महिनामा करिब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लगानी कोषले बैशाख मसान्तसम्म ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
कम्पनीले गत आवको सोही अवधिमा ८८ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको खुद नाफा १.८८ प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा कम्पनीको कुल आम्दानी ८.२३ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च ३९.३६ प्रतिशतले वृद्धि भएको छ ।
ब्याज ब्याज आम्दानी ३२.०३ प्रतिशतले घट्दा सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेको छ।
नागरिक लगानी कोषको चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ र जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ रहेको छ ।