२०८३ साउन ११ सोमबार

हत्या गरेको अभियोगमा पक्राउ

ई आर्थिक    आइतबार, बैशाख २८ २०८२
1.5K
Shares
हत्या गरेको अभियोगमा पक्राउ

ई-आर्थिक, खोटाङ ।  आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

श्रीमान्ले गरे श्रीमतीको हत्या

झापा, आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा कन्काई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij