२०८३ साउन १० आइतबार

जमिन झन् भासिँदै गएपछि अनुसन्धान कार्यमा अवरोध, जमिन मुनि ठूलो र शक्तिशाली चुम्बकीय बस्तु भएको आशंका

ई आर्थिक    बिहिबार, बैशाख २५ २०८२
2K
Shares
जमिन झन् भासिँदै गएपछि अनुसन्धान कार्यमा अवरोध, जमिन मुनि ठूलो र शक्तिशाली चुम्बकीय बस्तु भएको आशंका

मकवानपुर : हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरी गाउँको सडकमा गत वैशाख १९ गते बोलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि आएको टोली काठमाडौं फर्किएको छ।

भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी सङ्कलन गरी ल्याब परीक्षणका लागि बुधबार काठमाडौंमा फर्किएको हो।

टोली प्रमुख नारायण अधिकारीले उक्त स्थान वरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको ‘रिपोर्ट’ अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताए।

टोलीले मङ्गलबार र बुधबार उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालले जानकारी दिए। उनका अनुसार भासिएको स्थान वरिपरि आवतजावत गर्न रोकी थप मानवीय र अन्य सवारी साधनको क्षति हुन नदिन प्रहरीले सुरक्षा घेरामा राखेको छ।

अध्ययन टोलीका सदस्यको अनुसार जमिन मुनि ठूलो र शक्तिशाली चुम्बकीय बस्तु भएको आशंका लगाइएको छ । उक्त स्थानमा भएको घटनाको यथार्थ बास्तविकता पत्ता लगाउन नसकेपछि टोलि फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij