ई-आर्थिक, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १२.६३१५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ।
बैशाख २३ गते बसेको कम्पनीको १५१ औँ सञ्चालक समितिको बैठकले ४ अर्ब ६४ करोड रुपैयाँको चुक्ता पूँजीमा आधारित रही सो लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले १२ प्रतिशत बोनस शेयर (५५ करोड ६८ लाख रुपैयाँ बराबर) र ०.६३१५ प्रतिशत नगद लाभांश (२ करोड ९३ लाख रुपैयाँ बराबर) प्रस्ताव गरेको छ। नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्र हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।