२०८३ साउन १२ मंगलबार

सुनको मूल्य तोलामा १७ सयले बढ्यो, तोलामा कति पुग्यो सुन ?

ई आर्थिक    बुधबार, बैशाख २४ २०८२
3.2K
Shares
सुनको मूल्य तोलामा १७ सयले बढ्यो, तोलामा कति पुग्यो सुन ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा एक हजार ७०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदी  एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

मंगलबार प्रतितोला सुन तोलामा एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij