ई–आर्थिक, काठमाडौं । लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । थापाथालीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको उनका भाई समिर नेपालले जानकारी दिए ।
उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए । लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित उनलाई पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो । रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए ।