२०८३ भाद्र ३० मंगलबार

ज्योति विकास बैंक एनपीएस र नेपाल पे कार्डमा आवद्ध

ई आर्थिक    मंगलबार, बैशाख २३ २०८२
6.2K
Shares
ज्योति विकास बैंक एनपीएस र नेपाल पे कार्डमा आवद्ध

ई-आर्थिक, काठमाडौं ।  ज्योति विकास बैंक र एनसीएचएल बीच  NPS–NCS तथा  Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बरालज्यू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका थिए ।

एनसीएचएलले हालै एनपीएस र एनसीएस्को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस् र एनसीएस्मा आवद्ध भइरहेका छन् ।  नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात ज्योति विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस र एनसीएस  विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीस-नेसनल कार्ड स्विच तथा नेपाल पे कार्ड कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकहरु मध्येको ज्योति विकास बैंकले देश भरी रहेका १२४ वटा शाखा÷ विस्तारित काउन्टर तथा ७५ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij