२०८३ साउन १० आइतबार

वर्षाले सूर्यविनायक–साँगा सडक एकतर्फी सञ्चालन, च्याम्हासिंह–ताथली–नाला सडकमा सवारी जाम

ई आर्थिक    आइतबार, बैशाख २१ २०८२
5.3K
Shares
वर्षाले सूर्यविनायक–साँगा सडक एकतर्फी सञ्चालन, च्याम्हासिंह–ताथली–नाला सडकमा सवारी जाम

ई–आर्थिक, काठमाडौं । गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–जगाति सडकमा आवतजावतमा समस्या भएको छ । वर्षाका कारण सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी सञ्चालन गरिएको छ ।

भक्तपुर र काभ्रे जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ हुँदा वर्षाले भक्तपुर खण्डमा जोखिम बढेको छ । यसैले अरनिको राजमार्ग एकतर्फी सञ्चालन गर्नुपरेको हो । सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीलाई मात्र साँगाबाट आउन दिइएको छ ।

उनका अनुसार भक्तपुरबाट काभ्रे जाने दुईपाङ्ग्रे र हल्का चारपाङ्ग्रे सवारीलाई जगातिबाट च्याम्हासिंह हुँदै ताथली–नाला सडकबाट बनेपा पुग्ने गरी डाइभर्सन गरिएको छ । ठूला मालवाहक सवारीलाई सल्लाघारीको चौर र जगातिमा रोकिएको छ । जगाती–साँगा हुँदै जाने सबैजसो सवारी नाला रोड हुँदै गुड्न थालेपछि सो सडकमा समेत जाम भएको छ ।

सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणाधीन भएकाले साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुन्छ ।

गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम छ । बाटो हिलाम्मे भएपछि ठूला सवारी उक्लन नसक्ने, सडकमै भासिने र साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्र गतिमा काम नहुँदा समस्या आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij