ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य भारीमात्रामा गिरावट आएको छ । केही दिनदेखि घटबड भईरहेको सुन तोलामा आज सुन प्रतितोला ५४ सय रुपैयाँले घटेको हो ।
बिहिबार सुनको मूल्य तोलामा एक लाख ८३ हजार ९५सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो । अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको एक लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।