२०८३ साउन १० आइतबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक ‘फेस्टिवल र सेमिनार’मा ४० देशका प्रतिनिधिले सहभागीता जनाउदै

ई आर्थिक    शुक्रबार, बैशाख १२ २०८२
4K
Shares
लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक ‘फेस्टिवल र सेमिनार’मा ४० देशका प्रतिनिधिले सहभागीता जनाउदै

ई-आर्थिक, लुम्बिनी । लुम्बिनीमा अन्तर्राष्ट्रिय  सांस्कृतिक ‘फेस्टिवल र सेमिनार’ हुने भएको छ। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो सेमिनार आयोजना गर्न लागिएको हो।

यही बैशाख १३ र १४ गते आयोजना हुने उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। फेस्टिवलअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिवलको समन्वय ‘सारीपुत्र फाउन्डेसन’ले गरेको हो।

चीनको ‘वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड’ र ‘विचो पिस क्यालिग्राफी एन्ड पेइनिङ एकेडेमी’ले सहकार्य गरेका छन्। यसमा संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषको समेत सहकार्य छ। फेस्टिवलमा ४० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ।

अन्तर्राष्ट्रिय सेमिनार लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ। विश्वविद्यालयको मेत्ता हलमा हुने उक्त सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले गर्नेछन्। सेमिनारमा ४० कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए।

बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत गरिने उनको भनाइ छ। फेस्टिवलअन्तर्गत अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुनेछ।मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउन्डेसनले जनाएको छ। यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij