२०८३ साउन १० आइतबार

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु

ई आर्थिक    शुक्रबार, बैशाख १२ २०८२
3.3K
Shares
आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु

ई-आर्थिक, काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन आजबाट सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले  दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बजेट  अधिवेशन सुरु हुने भएको हो ।

अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकमा  दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ।

यही बैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रिबजेट’ छलफल बैशाख २८ देखि हुने अनुमान छ। बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रिबजेट छलफल हुने कानूनी प्रावधान छ।

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रिबजेट छलफल हुने जनाइएको छ। यसपटक लामो समयदेखि प्रतिक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भइ निष्कर्षमा पुर्‍याउन कोसिस हुने जनाइएको छ।

साथै,  आज  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij