२०८३ साउन १० आइतबार

रघुजी पन्त शिक्षामन्त्री बन्दै, उर्जा राज्यमन्त्री तामाङ प्रधानमन्त्रीको बर्खास्तीमा

ई आर्थिक    बुधबार, बैशाख १० २०८२
4.5K
Shares
रघुजी पन्त शिक्षामन्त्री बन्दै, उर्जा राज्यमन्त्री तामाङ प्रधानमन्त्रीको बर्खास्तीमा

ई-आर्थिक, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्रीमा  नियुक्त  हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउन लागेको हो  ।  पन्तले भोलि ४ बजे सपथ लिने पनि स्रोतले  दावी गरेको छ ।

नेकपा एमालेका प्रतिनिधी सभाको समानुपातिक  सांसद पन्त यसअघि २०६३ सालमा श्रममन्त्री भएका थिए ।

यसैबीच जलस्रोत तथा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) प्रधानमन्त्री केपी शर्मा ओलीको बर्खास्तीमा परेका छन् ।

प्रधानमन्त्री ओलीले  नेपाली कांग्रेसको सिफारिसमा राज्यमन्त्री तामाङलाई हटाएको समाचार स्रोतले बताएको छ  ।

उनलाई हटाउनुको कारणमा कुलमान घिसिङ कारक बनेका छन् । मन्त्री तामाङले घिसिङलाई  हटाएको खुलेरै विरोध  गरेका थिए ।  उनलाई नेपाली कांग्रेसले राजीनामा दिन आग्रह गरेको थियो तर तामाङले मानेका थिएनन् त्यही कारण पनि उनी बर्खास्तीमा परेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij