२०८३ असोज २ शुक्रबार

गोविन्द घिमिरेले सम्हाले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

ई आर्थिक    बुधबार, बैशाख १० २०८२
4K
Shares
गोविन्द घिमिरेले सम्हाले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

ई-आर्थिक, काठमाडौं ।  एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा गोबिन्द घिमिरेले आजबाट जिम्मेवारी समालेका छन् ।

गत फागुनमा बैंक सञ्चालक समितिले १० वैशाख २०८२ देखि घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । हिजोदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएका छन् ।

बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई सीईओ नियुक्त गरेको बैंकको थियो ।

बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव हासिल गरिसकेका घिमिरेलाई बैंकले दुई वर्ष अगाडी नायब महाप्रबन्धकबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको थियो । एनएमबी बैंले यस पटक पनि आफैले प्रमुख कार्यकारी अधिकृत तयार पारेको हो ।

घिमिरे सन् २००९ देखि एनएमबि बैंकमा कार्यत छन् । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij