२०८३ साउन १० आइतबार

बैतडी शिवनाथ गाउँपालिमा दश शय्याको अस्पताल भवन निर्माणले धमाधम गति लिदै

ई आर्थिक    बुधबार, बैशाख १० २०८२
6.1K
Shares
बैतडी शिवनाथ गाउँपालिमा दश शय्याको अस्पताल भवन निर्माणले धमाधम गति लिदै

ई-आर्थिक,  बैतडी ।  बैतडीको शिवनाथ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माणले गति लिएको छ। गाउँपालिकाको ६ नम्बर वडामा पर्ने सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको पालिका कार्यालयले जनाएको छ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार ९ करोड रूपैयाँ लागतमा शिवनाथमा भवन निर्माण सुरू भएको हो।

पालिका अध्यक्ष साउद भन्छन्, ‘अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुन्छ।’

अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारीको दरबन्दी छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij