२०८३ असोज २ शुक्रबार

नबिल बैंकले ९ महिनामा ५ अर्ब ५ करोड खुद नाफा कमायो

ई आर्थिक    आइतबार, बैशाख ७ २०८२
3.8K
Shares
नबिल बैंकले ९ महिनामा ५ अर्ब ५ करोड खुद नाफा कमायो

ई-आर्थिक, काठमाडौं ।  नबिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ धेरै खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ८.२१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी भने ३।९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ भने खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १५ अर्ब २९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

बैंकको प्रतिशेयर आम्दानी २३.२४ रुपैयाँबाट बढेर २५.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको समीक्षा अवधिमा जगेडा कोष सञ्चिति ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij