२०८३ साउन १० आइतबार

पोखरा विमानस्थलमा ‘भ्रष्टाचार भएको निष्कर्ष’सहितको प्रतिवेदनबारे संसदीय उपसमितिकै सदस्यहरूबीच विवाद

ई आर्थिक    शनिबार, बैशाख ६ २०८२
5.5K
Shares
पोखरा विमानस्थलमा ‘भ्रष्टाचार भएको निष्कर्ष’सहितको प्रतिवेदनबारे संसदीय उपसमितिकै सदस्यहरूबीच विवाद

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का प्रक्रियादेखि निर्माण सकिँदासम्म अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसद्को उपसमितिले संलग्न व्यक्तिहरूलाई छानबिन गरी कारबाही गर्न सिफारिस गरेको छ।

विभिन्न शीर्षकमा अर्बौँ रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालिएको उक्त प्रतिवेदन लेखा समितिका सचिवलाई आफूले बुझाएको उपसमिति संयोजक राजेन्द्र लिङ्देनले बताए ।

सङ्घीय संसद् सचिवालयका प्रवक्तासमेत रहेका समिति सचिव एकराम गिरिले भने उपसमितिले तयार पारेको उक्त प्रतिवेदन समितिको बैठकमा पेस हुने बताएका छन् ।

“अब छिट्टै लेखा समितिको बैठक बस्ला अनि संयोजकले नै समिति सभापतिलाई प्रतिवेदन बुझाउनुहुन्छ,” समिति सचिव गिरिले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij