ई-आर्थिक, काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायव महानिरीक्षकहरु प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् ।
गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकाहरूमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन् ।
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ६ (छ) मा बढुवा गर्न मिति २०८२।०१।०४गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमका जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरीले जनाएको छ ।
बढुवाको पहिलो नम्बरमा फेरी चन्द्र कुबेर खापुङ सिफारिस भएका हुन् भने उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाट, काठमाडौं कार्यरत छन् । त्यस्तै लालमणी आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा तथा कृष्णहरी शर्मा पोखरेल बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुरमा कमान्ड गरिरहेका छन् ।
साथै, दान बहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङमा तथा राजन अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ२ र डा.मनोज कुमार के.सी. राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत छन् ।
यस्तो छ बढुवा सिफारिस सूचि

एआईजीमा बढुवा सूचिको पहिलो नम्बरमा चन्द्र कुबेर खापुङ, आईजीपीमा पनि उनैको संभावना !