२०८३ साउन ११ सोमबार

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण, ५७ लाख ६१ हजार लागत

ई आर्थिक    बुधबार, बैशाख ३ २०८२
6.3K
Shares
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण, ५७ लाख ६१ हजार लागत

ई-आर्थिक, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार रुपैयाँको लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ।

कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा ५० घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ।

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij