२०८३ साउन १० आइतबार

त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई

ई आर्थिक    मंगलबार, बैशाख २ २०८२
3.8K
Shares
त्रिवि उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई

ई-आर्थिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. खड्ग केसी पाएका छन् ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका हुन् ।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

बरालको राजिनामा स्वीकृत संगै उपकुलपति पद  केही दिनदेखि खाली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij