२०८३ साउन १० आइतबार

कागेश्वरी नगरपालिकाद्वारा एकिकृत सेवा प्रदान गर्ने नयाँ कार्यप्रणाली सुरु

ई आर्थिक    मंगलबार, बैशाख २ २०८२
5.8K
Shares
कागेश्वरी नगरपालिकाद्वारा एकिकृत सेवा प्रदान गर्ने नयाँ कार्यप्रणाली सुरु

ई-आर्थिक, काठमाडौं ।  कागेश्वरी मनोहरा नगरपालिकाले नयाँ सेवाको अवधारणा ल्याएको छ ।

नगरपालिकाले एकिकृत सेवाको अवधारणा अन्तर्गत, सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणाली सुरु गरेको नगर प्रमुख उपेन्द्र कार्कीले ई-आर्थिकलाई जानकारी दिए ।

यसले सुलभ, छरितो र प्रभावकारी सेवा प्रवाह लाई संस्थागत बनाउने दिशामा महत्वपूर्ण पाइला चालेको  मेयर कार्कीको भनाई छ ।

जनतालाई नजिकबाट, सजिलो तरिकाले सेवा दिने यो प्रयास सुशासन पारदर्शी र जनउत्तरदायी प्रशासन निर्माणतर्फको ठोस कदम रहेको उनले बताए  ।

‘जनताको चाहना योजना मात्रै होइन, कर्मशील सेवा र समर्पणबाट साकार हुन्छ। जनतालाई नजिकबाट, सजिलो तरिकाले सेवा दिने यो प्रयास सुशासन पारदर्शी र जनउत्तरदायी प्रशासन बनाउनु हाम्रो उद्देय हो’ उनले भने ।

नगरपालिका जनमैत्री सेवा केन्द्र बनाउन विशेष योजना ल्याएको उनले बताए ।

यो सेवा  प्रणाली निरन्तर रहने नगरपालिकाको भनाई छ । एकिकृत सेवा प्रदान कार्यलयको  सुरु भएको समयदेखि खाजा समयसम्म हुन्छ भने  खाजाको समयपछि सम्बन्धित शाखाबाट सेवाहरु प्रदान गरिने मेयर कार्कीले जानकारी दिए ।

एकिकृत सेवाबाट सेवाग्राहीले  झन्झट तथा सहजरुपमा कामहरुको सुविधा लिन सक्नेमा  नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij