२०८३ साउन १० आइतबार

तालपोखरामा पर्यटकको चहलपहल बढ्यो , दैनिक एक सयभन्दा बढी पर्यटकको आगमन

ई आर्थिक    बिहिबार, चैत्र २८ २०८१
3.5K
Shares
तालपोखरामा पर्यटकको चहलपहल बढ्यो , दैनिक एक सयभन्दा बढी पर्यटकको आगमन

ई-आर्थिक, पाल्पा । गर्मीयाम बढेसँगै तालपोखरामा पर्यटकको चहलपहल बढ्न थालेको छ। रामपुर नगरपालिका-६ स्थित तालपोखरामा यतिबेला घुम्न जाने आन्तरिक पर्यटक आउने जाने क्रम बाक्लिँदै गएको छ।

तालपोखरामा डुंगा सयर गर्ने, पार्क अवलोकन गर्दै फोटो, टिकटक तथा भिडियो बनाएर रमाउने बढेका छन्। रामपुरको बेझाड बजार, किसानबारी बजार, विजयपुरबाट पक्की सडक जोडिएकाले तालपोखरा पर्यटकको गन्तव्यस्थल बनेको हो।

बिदाका दिन घुम्न आउनेको बाक्लो उपस्थिति रहने गरेको तालपोखरा संरक्षण समिति सदस्य जनक भण्डारी बताउँछन्। सडक सुविधाको पहुँच भएपछि तालपोखरा आउन पर्यटकलाई सहज भएको भण्डारीको भनाइ छ। तालमा पाँच वटा डुंगा रहेको डुंगा चालक भगवान देवकोटाले जानकारी दिए।

ताल परिसरको आरामस्थल चिटिक्क पारिएको छ। हाल दैनिकजसो एक सयभन्दा बढी पर्यटक आउने गरेको जनाइएको छ।

वर्षायाममा पानी जम्मा हुने सामान्य पोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले यहाँका स्थानीयले व्यवस्थित ताल निर्माण गरी सञ्चालनमा ल्याएपछि यो क्षेत्र पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ।

नेपाल सरकारले पनि यस क्षेत्रलाई एक सय पर्यटकीय गन्तस्थलको रूपमा सुचीकृत गरी पर्यटन विकासमा सघाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij