काठमाडौं । सहकारीसम्बन्धी संशोधित ऐनमा व्यक्तिगत बचतको सीमा ‘हटाइएपछि’ त्यसले फेरि समस्या बल्झाउने पीडित एवं जानकारले बताएका छन्।
सरकारको नेतृत्वकर्ता नेकपा एमालेकै एक सांसद तथा सहकारी छानबिन संसदीय विशेष समितिका सभापतिले ‘सीमाहीन’ बचत र ऋणको व्यवस्था उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्।
यसअघि सरकारले ल्याएका सहकारीसम्बन्धी संशोधन अध्यादेश र विधेयकमा बचतको सीमा तोकिएकोमा ऐनका रूपमा कार्यान्वयनमा आउँदा त्यो व्यवस्था नरहेको पाइएको छ।
यसले सहकारीसम्बन्धी जारी सङ्कट समाधान गर्नेतर्फ सरकार गम्भीर नरहेको देखाएको सहकारी जाँचबुझ आयोग, २०७० का अध्यक्ष एवं विशेष अदालतका भूतपूर्व अध्यक्ष गौरीबहादुर कार्की बताउँछन्।