ई-आर्थिक, काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने छ ।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरले ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सर्वसाधारण लगानीकर्ताहरुकालागि २ करोड ९१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गाविस का १ देखि ९ नम्बर सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं १ (साविकको नयाँ बजार गा।वि।स।का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसका १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गाविसको वडा नं ५), सूर्योदय नगरपालिका वडा नं। १० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं १ (साविकको पञ्चकन्या गाविस का २, ६, ८ नम्बर वडाहरुका स्थायी बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनायो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा बैशाख १९ गते हुनेछ भने ढिलोमा जेठ ३ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने बैशाख १९ गतेभित्र आवेदन दिनु पर्नेछ।