२०८३ असोज २ शुक्रबार

कृषि विकास बैंकमा ११८ कर्मचारीको माग, यी पदमा खोल्यो भर्ना

ई आर्थिक    आइतबार, चैत्र २४ २०८१
4.6K
Shares
कृषि विकास बैंकमा ११८ कर्मचारीको माग, यी पदमा खोल्यो भर्ना

ई-आर्थिक, काठमाडौं ।  कृषि विकास बैंकले सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। बैंकले शाखा प्रमुख (तह ८), एमआइएस अधिकृत, व्यवसाय अधिकृत, कानुन अधिकृत, कम्प्युटर अधिकृत, कर्जा अधिकृत (तह ६) र लेखपाल (तह ४) पदमा ११८ जना कर्मचारी माग गरेको हो।

उमेर हद शाखा प्रमुखको २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, अधिकृत स्तरको २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र लेखपालको १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।

परीक्षा दस्तुर तह ८ र ६ को लागि एक हजार रूपैयाँ र समावेशी समूहतर्फ थप पाँच सय रूपैयाँ लाग्नेछ। तह ४ को लागि आठ सय रूपैयाँ र समावेशी समूहतर्फ थप चार सय रूपैयाँ लाग्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख ११ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij