२०८३ भाद्र ३० मंगलबार

एशियन लाईफ ईन्स्योरेन्सको सत्रौंं वार्षिकोत्सव सम्पन्न, देशभर विविध कार्यक्रमहरु आयोजना

ई आर्थिक    शुक्रबार, चैत्र २२ २०८१
4.4K
Shares
एशियन लाईफ ईन्स्योरेन्सको सत्रौंं वार्षिकोत्सव सम्पन्न, देशभर विविध कार्यक्रमहरु आयोजना

ई-आर्थिक, काठमाडौं ।  एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको सत्रौंं वर्ष पुरा गरी अठारौंं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । अठारौंं वर्ष प्रवेशको उपलक्ष्यमा २०८१ चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै  चैत्र २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७४ जनाले रक्तदान गरेका छन् ।

वार्षिकोत्सवका अवसरमा चैत्र १८ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । साथै देशभरका विभिन्न ८६ वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत रु. १० लाख बराबरको सहयोग उपलब्ध गराइएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष श्री दिपक कुमार श्रेष्ठ ज्यूले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा सत्र वर्षदेखि निरन्तर सहयोग पु¥याउँदै आउनुभएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको व्यक्त गर्नुभयो ।

यस कम्पनीको चालू आ.व. २०८१÷८२ को फागुनसम्ममा जीवन बीमाकोष रु ४४ अर्ब ६८ करोड र कूल बीमाशुल्क रु. ५७ अर्ब १८ करोड रहेको छ । कूल लगानी रु. ४९ अर्ब ३० करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु. ५ अर्ब ६९ करोड आर्जन गरेको छ । कम्पनीको १६ लाख ४२ हजार सकृय बीमालेख छन् । कम्पनीको चुक्ता पूँजी रु.३ अर्ब ३९ करोड ९८ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij