२०८३ असोज २ शुक्रबार

कुमारी बैंकले मनायो २४औँ वार्षिकोत्सव, ग्राहकलाई उत्कृष्ट बैंकिङ तथा वित्तीय सेवासुविधा प्रवाह

ई आर्थिक    बिहिबार, चैत्र २१ २०८१
5.6K
Shares
कुमारी बैंकले मनायो २४औँ वार्षिकोत्सव, ग्राहकलाई उत्कृष्ट बैंकिङ तथा वित्तीय सेवासुविधा प्रवाह

ई-आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ।

यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरुको सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेको छ।

आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ तथा वित्तीय सेवासुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ।

विविध सांस्कृतिक परम्परालाई अँगाल्दै बैंकले आफ्नो कार्यक्षेत्रमा ‘विविधतामा एकता’ लाई जोड दिएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। यसले स्थानीयस्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij