२०८३ साउन ११ सोमबार

लेनदेनको विषयमा विवाद हुँदा साहको हत्या, संलग्न एक भारतीय नागरिकसहित ६ जना पक्राउ

ई आर्थिक    सोमबार, चैत्र १८ २०८१
5.9K
Shares
लेनदेनको विषयमा विवाद हुँदा साहको हत्या, संलग्न एक भारतीय नागरिकसहित ६ जना पक्राउ

ई-आर्थिक, काठमाडौं । हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव भेटिएको छ ।

काठमाडौँको गोकर्णेश्वर नपा ५ बाहुनधाराका वर्ष १९ वर्षका राहुल साह हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारा बस्ने  साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ का २२ वर्षीय निपु मण्डल, सोही गाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत, बिहार घर भई काठमाडौँको दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा राहुलको शव फेला परेको थियो ।

लेनदेनको विषयमा विवाद हुँदा उनको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij