२०८३ साउन ११ सोमबार

व्यवसायीमाथि आपराधिक गतिविधि भएको उद्योग तथा व्यवसायी महासंघको निष्कर्ष, कारवाही गर्न माग

ई आर्थिक    शनिबार, चैत्र १६ २०८१
8.3K
Shares
व्यवसायीमाथि आपराधिक गतिविधि भएको उद्योग तथा व्यवसायी महासंघको निष्कर्ष, कारवाही गर्न माग

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले पूर्व राजावादीहरूले शुक्रबार व्यवसायीहरूमाथि आपराधिक गतिविधि गरेको बताएको छ । पूर्वराजावादीको समूहले विगतदेखि नै नेपालका उद्योगी व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय संघ, संस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न बारम्बार आक्रमण गरिरहेको उसले जनाएको छ ।

महासंघका अधयक्ष भगीरथ सापकोटाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिको भित्री उद्देश्य उद्योगी व्यवसायी र आम जनतालाई आर्थिक रुपमा कमजोर बनाउने तथा राज्यलाई असफल तुल्याई मुलुकलाई उल्टो गतिमा हिँडाउन खोज्ने पश्चगामी सोच र योजना हो ।’

पूर्व राजावादीहरूको अराजक समूहबाट भएको सर्वसाधारण नागरिकका घर तथा व्यवसायिक भवनमा तोडफोड गरी आगजनी गर्ने, सञ्चारगृह माथि तोडफोड तथा उद्योगी व्यवसायी र सर्वसाधारण नागरिकका सम्पती लुटपाट गर्ने जस्ता आपराधिक क्रियाकलाप निन्दनीय भएको सापकोटाले जनाएका छन् ।

‘यस्ता गतिविधिहरूको विरुद्ध सचेत हुँदै व्यवसायिक जगत र जनसमुदायको जनधनको सुरक्षाका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई सचेत हुन र घटनामा संलग्न सम्पूर्ण अपराधीलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गर्न सरकारसँग जोडदार माग गर्दर्छौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij