ई–आर्थिक, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्ने भएको छ । उनलाई पक्राउ गर्न प्रहरीलाई खटाएको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली प्रसाईको घर भक्तपुर पुगेको प्रहरीले जानकारी दिएको छ ।
गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रसाईंलाई पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी थालेको हो ।
राजावादीले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।