२०८३ भाद्र २७ शनिबार

बङ्गलादेशसँग व्यापार घाटा बढ्यो, २७ करोडमा ६८ लाख रुपैयाँको साम्रागी निर्यात

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
3.6K
Shares
बङ्गलादेशसँग व्यापार घाटा बढ्यो, २७ करोडमा ६८ लाख रुपैयाँको साम्रागी निर्यात

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात  भएको छ । नेपालबाट बङ्गलादेश  २७ करोड ६८ लाख ५४ हजार रुपैयाँ  बराबरको सामग्री  निर्यात भएका छन् ।

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै  एक अर्ब ६० करोड  रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।

काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ ।

द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij