२०८३ साउन १२ मंगलबार

टिकटकमा लोभिए डोनल्ड ट्रम्प, विक्रीको प्रस्ताब राख्दै भने– ‘बिक्री गरे चीनलाई भन्सार शुल्क घटाइदिन्छु’

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
6.5K
Shares
टिकटकमा लोभिए डोनल्ड ट्रम्प, विक्रीको प्रस्ताब राख्दै भने– ‘बिक्री गरे चीनलाई भन्सार शुल्क घटाइदिन्छु’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले बनाएको टिकटकमा लोभिएका छन् । उनले टिकटक बिक्रीमा राख्न आग्रह गर्दै चीनलाई लोभलाग्दो प्रस्ताव राखेका छन् । बीबीसीका अनुसार ट्रम्पले टिकटक बिक्री प्रक्रिया सुनिश्चित गरे अमेरिकाले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउन तयार रहेको बताएका छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको एप हो ।

ट्रम्पले टिकटक खरिद गर्ने कुनै गैर-चिनियाँ खरिदकर्तालाई खोज्न ५ अप्रिलको समयसीमा लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन् ।

यसअघि पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत टिकटकमा प्रतिबन्ध लगाउने एक कानुन पारित भएको थियो। तर, ट्रम्पले सत्ता सम्हालेपछि जनवरीमा उक्त कानुन लागू गर्न ढिलाइ गरिएको थियो।

यो कानुन सन् २०२४ मा पारित भएको थियो। राष्ट्रिय सुरक्षालाई आधार मानेर टिकटकलाई बेच्ने वा यसमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो।

बुधबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘टिकटकको विषयमा चीनले भूमिका निभाउनुपर्छ। मलाई लाग्छ, उनीहरूले त्यसो गर्नेछन्।’

उनले अगाडि थपे, ‘यो काम सफल बनाउनका लागि म ट्यारिफमा केही कटौती गर्न सक्छु, वा अरू केही कदम चाल्न सक्छु।’

ट्रम्पले ५ अप्रिलको समयसीमाभित्र यो मुद्दामा सहमतिको ढाँचा तयार हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij