२०८३ साउन १० आइतबार

‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
4.8K
Shares
‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने

ई-आर्थिक, भक्तपुर ।  नयाँवर्ष २०८२ को अवसरमा ‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाले आज पत्रकार सम्मेलन गरी यही चैत २८ देखि आगामी २०८२ सालको बैशाख ७ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो।

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागिएको बताए।

महोत्सवमा १५० बढी स्टल रहने जनाइएको छ। स्थानीय उत्पादन, घरेलु उत्पादन, र नगरपालिकाबाट आएका सिफारिसका आधारमा स्थानीय उत्पादन तथा सीप एवं कलाका स्टल निःशुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ।

औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल, विद्युतीय मेसिन कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुँडा प्रर्दशनी एवं बिक्रीका लागि राखिने छ।

महोत्सवमा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए।

महोत्सवमा जेष्ठ नागरिक, अपांग र पाँचवर्ष मुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij