२०८३ साउन १० आइतबार

खाँदबारी बजार अनुगमनमा एक लाख १७ हजार रूपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
7.4K
Shares
खाँदबारी बजार अनुगमनमा  एक लाख १७ हजार रूपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद

ई-आर्थिक, संखुवासभा । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले संखुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार रूपैयाँ बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाउँदै डिभिजन कार्यालयका अधिकृत आनन्द डंगोलले सदरमुकाम खाँदबारीका ६ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताए।

बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij