२०८३ साउन ९ शनिबार

चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड रूपैयाँ राजस्व असुली

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
6.2K
Shares
चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड  रूपैयाँ राजस्व असुली

ई-आर्थिक, तनहुँ ।  तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड ९१ लाख रूपैयाँ राजस्व असुली गरेको छ। यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो।

कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। कार्यालयले चालु आवमा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार रूपैयाँ असुली गर्ने लक्ष्य लिएको छ।

तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन्। यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी-व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij