२०८३ साउन १२ मंगलबार

आठ महिनामा पाँच अर्ब ३४ करोड रूपैयाँ राजस्व संकलन

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
4.5K
Shares
आठ महिनामा पाँच अर्ब ३४ करोड रूपैयाँ राजस्व संकलन

ई-आर्थिक, अत्तरिया ।  कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पाँच अर्ब ३४ करोड १९ लाख रूपैयाँ बराबर राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व संकलन गरिएको जनाएको छ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख रूपैयाँ, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख रूपैयाँ, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख रूपैयाँ र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख रूपैयाँ राजस्व संकलन गरिएको हो।

चालु आवमा ११ अर्ब १६ करोड २६ लाख रूपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै संकलन भएको उनले जानकारी दिए।

चालु आवको साउनमा ५७ करोड ५० लाख रूपैयाँ, भदौमा ५३ करोड ८४ लाख रूपैयाँ, असोजमा ६७ करोड २४ लाख रूपैयाँ र कात्तिकमा ६२ करोड ७८ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, मङ्सिरमा ८१ करोड १३ लाख रूपैयाँ, पुसमा ६५ करोड ८७ लाख रूपैयाँ, माघमा ७३ करोड दुई लाख रूपैयाँ र फागुनमा ७२ करोड ७६ लाख रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। सूचना अधिकारी अर्यालले बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको बताए।

कार्यालयले गत आव २०८०/८१ मा पनि राजस्व संकलन लक्ष्य पूरा गर्न सकेको थिएन। गत आवमा ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएकामा सात अर्ब ९१ करोड ८० लाख रूपैयाँमात्र संकलन भएको थियो। जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij