के छ जीवन किरण जीवन बीमा योजनाका विशेषताहरु
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बालबालकालाई लक्षित गरी जीवन किरण जीवन बीमा योजना ल्याएको छ । आकर्षक विशेषताहरुले भरिपूर्ण उक्त जीवन बीमा योजना बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले ल्याएको कम्पनीले जानकारी दिएको छ ।
आफ्नो बालबालिकाको भविष्य सुखद् रहोस् भन्ने चाहना प्रत्येक अभिभावकको हुन्छ । सो सपना साकार गर्ने एक विश्वासिलो अनि ढुक्कको माध्याम हो बालबालिकाको जीवन बीमा । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन किरण जीवन बीमाको माध्यामबाट बालबालिकाको सुन्दर भविष्यको सपनालाई साकार पार्न सकिन्छ ।
बच्चा जन्मिएको ३० दिनदखि १६ वर्षको उमेर सम्मका बच्चाहरुको बीमा गर्न सकिन्छ । यस बीमा योजनामा बीमा गरिने बालबालिकाको बुबा वा आमा, निरन्तर आर्थिक आय आर्जनमा सम्लग्न भएको, मध्ये एक जना प्रस्तावक रही आफ्नो बालबालिकाको बीमा गर्न सकिने छ । जस अन्तर्गत प्रस्तावकको समेत मूल बीमाङ्क रकम बराबरको जोखिम बहन हुन्छ ।
यो जीवन बीमा योजना अन्तर्गत १० वर्षदेखि ३० वर्ष अवधिको बीमा गर्न सकिने छ भने प्रस्तावकको अधिकतम उमेर ७० वर्ष भित्र नै बीमालेखको अवधि समाप्त भइसक्नु पर्ने छ । न्यूनतम ५० हजार बीमाङ्क रकम देखि अभिभावकको आम्दानीको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । जीवन किरण जीवन बीमा योजनामा मासिक, त्रैमासिक, अर्ध वार्षिक तथा वार्षिक मध्ये अभिभावकको आम्दानीको प्रकृति अनुसार अनुकुलताका आधारमा बीमा शुल्क भुक्तानी तरिका छनोट गर्न सकिनेछ ।
जीवन किरण जीवन बीमा योजनामा बीमा अवधि समाप्तीमा बीमाङ्क रकम+आर्जित बोनस एकमुष्ट प्राप्त हुन्छ । कथमकदाचित बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा बीमित बच्चाको निधन भएमा बीमाङ्क रकमको २५% वा सो समयसम्म भुक्तान गरेको बीमाशुल्क मध्ये जुन बढि हुन्छ, सो प्रदान गरिनेछ । जोखिम प्रारम्भ हुन बीमित बच्चा कम्तीमा ९० दिन पुरा भएको हुनु पर्नेछ । यदि जोखिम बहन सुरु हुनु अघि नै बीमित बच्चाको निधन हुन गएमा प्रथम बीमा शुल्कको ५०% रकम फिर्ता गरिनेछ ।
यदि बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको निधन भएमा बाँकी अवधिको बीमा शुल्क मिनाहा गरी बीमालेख चालु रहनेछ । साथै बीमा योजनामा सरिक हुँदा छनोट गरिएको आधारमा बीमाङ्क रकमको १% वा १.५% वा २% मासिक आम्दानी सुविधा बीमित बच्चा वा कानुनी संरक्षकलाई प्रदान गरिनेछ ।
यदि प्रस्तावकको निधन पछि बीमित बच्चाको निधन भएमा बीमाङ्क रकमको २५% + आर्जित बोनस वा भुक्तान गरेको बीमाशुल्क मध्ये जुन बढि हुन्छ, सो प्रदान गरिनेछ र बीमालेख अन्त्य हुनेछ ।
बीमालेख चालु रहेकै अवस्थामा एकै समयमा बीमित बच्चा र प्रस्तावकको निधन भएमा बीमाङ्क रकम+आर्जित बोनस + बीमाङ्कको २५% रकम हकवालालाई प्रदान गरिनेछ र बीमालेख अन्त्य हुनेछ ।
मूल बीमालेख सँगै दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएकाको हकमा बीमालेख चालु रहेको अवस्थामा बीमा अवधि भित्र दुर्घटनाको कारणबाट प्रस्तावकको निधन भएमा सोही समयमा बीमाङ्क रकम बीमित बच्चा वा कानुनी संरक्षकलाई प्रदान गरिनेछ भने परिपक्व अवधिमा पुनः बीमाङ्क रकम+आर्जित बोनस प्रदान गरिनेछ । दुर्घटना मृत्यु लाभ भने बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैया सम्मको मात्र लिन सकिनेछ ।
त्यस्तै बीमालेख सँगै पूर्ण अशक्त/अपाङ्ग तथा बीमा शुल्क छुट सुविधा (PTD/PWB) लिएकाको हकमा बीमा अवधि भित्र बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणबाट प्रस्तावक पूर्ण अशक्त/अपाङ्ग भएमा बीमाङ्क रकमलाई १२० ले भाग गर्दा आउने रकम प्रत्येक महिना १० वर्षसम्म प्रदान गरिनेछ । यदि बीमालेख १० वर्ष पुग्नु अगावै बीमालेख चालु रहेको अवस्थामा प्रस्तावकको निधन भएमा वा बीमा अवधि समाप्त भएमा १० वर्ष पुग्न बाँकी रहेको किस्ता रकम एकमुष्ट बीमितलाई प्रदान गरिनेछ । दुर्घटनाको कारणबाट पूर्ण अशक्त/अपाङ्ग भए पश्चातको बीमा शुल्क पूर्ण छुट हुनेछ भने अन्य सुविधाहरु यथावत रहनेछन् । पूर्ण अशक्त/अपाङ्ग तथा बीमा शुल्क छुट सुविधा बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैया सम्मको मात्र लिन सकिनेछ ।
जीवन किरण जीवन बीमा योजनामा घातक रोग रक्षावरण एच्छिक सुविधा (Critical Illness Benefits) पनि लिन सकिनेछ । यो सुविधा बीमाङ्क रकम बराबर अधिकतम पचास लाख रुपैया सम्मको मात्र लिन सकिनेछ । घातक रोग रक्षावरण सुविधा लिएकाको हकमा बीमा अवधि भित्र प्रस्तावकमा कम्पनीले तोकिएका घातक रोग पहिचान भएको चिकित्सकद्धारा प्रमाणित भएमा घातक रोग रक्षावरण सुविधा वापतको सम्पूर्ण रकम प्रदान गरिनेछ । एक पटक घातक रोग बापतको रकम लिइसकेपछि यो सुविधा स्वत खारेज हुनेछ ।
बाल बालिकाको उच्च शिक्षा, विवाह वा अन्य कार्यको अनुमानित समयलाई परिपक्व अवधि राखी गरिने जीवन किरण जीवन बीमा योजनाले बाल बालिकाको साथ साथै एक अभिभावकको समेत आर्थिक जोखिम बहन गर्ने हुनाले साना नानी बाबु भएका सबैलाई उपयुक्त जीवन बीमा हो । सबैले समयमै बीमा गराई ढुक्क हुनुहोस् । Advt.